सात प्रदेश साझा परिकार



भातलाई मुख्य खाना मानेकै कारण धेरै नेपालीले निकै वटा खानपानजन्य स्वास्थ्य समस्याको शिकार हुनु परिरहेको छ । भातलाई मुख्य खानेकुरा मानेकै कारण विना सिंचाइ फल्ने वा खडेरी सहन सक्ने अन्न लगाउनै छाडिए जस्तै भएको छ । भातलाई मुख्य खानेकुरा मानेकै कारण हाम्रो भान्साको विविधता कमजोर हुँदै गएको छ ।

हाम्रो निष्कर्ष भने यस्तो छ– हामीले अहिलेसम्म नेपाली खानेकुरालाई परिभाषित नै गरेका छैनौं । ‘यो एउटै परिभाषाले समेट्न नसक्ने कुरा हो’ पनि भनेका छैनौं । त्यसैले अहिले ‘नेपाली खानेकुरा’ ले परिभाषा खोजिरहेको समय हो । हाम्रा लोक–परिकारहरूलाई परिभाषा दिएर, परिमार्जन गरेर, तिनको मौलिक र खाँटीपनको संरक्षण समेत गरेर अघि बढ्ने र बढाउने हामी सबैको कर्तव्य हो ।


ताजा खबर