आज २ हजार ४ सय ४४ जनामा कोरोना पुष्टि

देशभर आज २ हजार ४ सय ४४ कोरोना संक्रमित थपिएका छन् । 

१५ हजार ३३ जनाको नमुना परीक्षण गर्दा २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यसअघि हिजो मात्रा १ हजार ४ सय ४६ जनामा संक्रमण पुष्टि भएको थियो । केही दिनदेखि फेरि कोरोना भाइरसबाट संक्रमण हुने दर बढेको हो । 

यसैगरी गएको २४ घण्टामा ३ सय १३ जना सङ्क्रमणमुक्त भएका छन् । 

आज १० वर्षमुनिका ४० जना बालबालिका कोरोनाबाट संक्रमित बनेका छन् भने ११ देखि २० वर्ष मुनीका उमेर समूहका १ सय ७५ जना संक्रमित बनेको मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै संक्रमित हुने उमेर समूह २१ देखि ३० वर्षका ६ सय ३६ जना रहेका छन् । 

कोरोना भाइरसबाट पुस २२ गते ४ दशमलव ५ प्रतिशत संक्रमित भएकोमा पाँच दिनमा बढेर आज १६ दशमलव ३ प्रतिशत पुगेको  मन्त्रालयले जनाएको छ  ।  

आज सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ११ हजार ६ सय ७ जनाको मृत्यु भएको हो । 

देशभरि ९ हजार ५ सय २२ सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गरिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  


ताजा खबर