जातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी हुनुभएको छ ।

नयाँ नेतृत्व चयनका लागि शनिबार काठमाडौंको भृकुटीमण्डप भएको पहिलो एकता महाधिवेशनबाट लिङदेन अत्याधिकमतले राप्रपा अध्यक्षमा निर्वाचित हुनु भएकाे हाे । लिङदेनले अध्यक्षका अर्का प्रत्याशी कमल थापालाई कडा प्रतिस्पर्धामा पराजित गर्नुभएको हो ।

राप्रपा निर्वाचन समितिका अनुसार राप्रपाका झण्डै ४४ सय महाधिवेशन प्रतिनिधिमध्ये ३८ सय ७१ मत खसेकोमा लिङ्देनले १८ सय १७ मत प्राप्त गर्नुभएको हो । राप्रपा अध्यक्षका अर्का उम्मेदवार कमल थापाले भने १६ सय १७ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य राजु बस्नेतले जानकारी दिनुभयो। ४३१ मत भने बदर भएको छ ।

यसैगरी, राप्रपाको एकमहिला सहित तीन उपाध्यक्षमा बुद्धिमान तामाङ, ध्रुव प्रधान, विक्रम पाण्डे र रोशन कार्की विजयी हुनुभएको छ । राप्रपा उपाध्यक्षमा नौ जना प्रतिद्वन्द्वीबीचमा प्रतिस्पर्धा भएको थियो ।

राप्रपा महामन्त्रीमा कुन्ती शाही, भुवन पाठक र धवल शमशेर राणा विजयी हुनुभएको छ । महामन्त्रीका लागि छ उम्मेदवारबीचमा प्रतिस्पर्धा भएको थियो ।

पार्टीको चार दिनदेखि जारी महाधिवेशनको अन्तिम दिन हिजो नेतृत्वका लागि चुनाव भएका थियो ।


ताजा खबर