कार्यवाहक प्रधानन्यायाधीश तोक्न गठबन्धनको सुझाव

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले कोभिड- १९ संक्रमण भई उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शम्मेर जबरालाई कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन्।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले सर्वोच्चका देखिएको विवादका कारण न्याय सम्पादनमा असर परेकाले कार्यवाहक तोक्न सुझाव दिएको हो । बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, ‘प्रधानन्यायाधीश विरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको छ ।’

प्रधानन्यायाधीश जबरालाई कोरोनाभाइरसको संक्रमण भएपछि सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, सरकारका प्रवक्ता कार्कीलगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।


ताजा खबर