फुटबलर लियोनल मेस्सीलाई ‘गोल फिफ्टी अवार्ड’

अर्जेन्टिनी स्टार एवं पीएसजीका फरवार्ड लियोनल मेस्सीले गोल फिफ्टी अवार्ड जितेका छन् । मेस्सीले क्रिष्टियानो रोनाल्डोलाई २४ मतले पछाडी पार्दै यो उपाधी हात पारेका हुन् ।

मेस्सीले रोनाल्डोसँगको यो उपाधीमा आफूलाई बराबरीमा पुर्‍याएका छन् । अब यो उपाधी पाउने मेस्सी र रोनाल्डो पाँच-पाँच पटकको बराबरीको किर्तिमानीमा पुगेका हुन् ।

मतको आधारमा जर्मन क्लब बार्यन म्युनिखका पोलिस फरवाड रोबर्ट लेवान्डोस्की तेस्रो स्थानमा र लिभरपुलका इजिप्टियन फरवाड मोहम्मद सलाहले चौथो स्थानमा हासिल गरेका छन् भने फ्रान्सका केलियन एम्बाप्पे पाँचौ स्थानमा रहेका छन् ।

मेस्सीको यो वर्षको पहिलो अन्तर्राष्ट्रिय उपाधीको रुपमा भने कोपा अमेरिका थियो । त्यसैगरी महिलातर्फ भने वार्सिलोनाकी कप्तान एलेक्सिया पुटेलासले यो अवार्ड हात पारेकी छन् ।


ताजा खबर