‘अदालतका समस्या अदालत भित्रबाटै समाधान हुनुपर्छ’

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको समस्या अदालतभित्रबाटै समाधान होस् भन्ने चाहेको बताउनुभएको छ । 

चितवनमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अदालतमा देखिएको समस्या अदालतभित्रबाटै समाधान हुनुपर्नेमा जोड दिनुभयो । 

गठबन्धनका तर्फबाट बनाइएको उच्चस्तरीय समितिको पहिलो औपचारिक बैठकले न्यायालयमा देखा परेको समस्याबारे गम्भीर ध्यानाकर्षण भएको र यसको गरिमा र स्वतन्त्रतालाई अविच्छिन्न राख्ने गरी छिटोभन्दा छिटो समाधान होस् भन्ने चाहना राखेको उल्लेख गर्नुभयो । 

उहाँले एमसिसीको विषयमा सर्वदलीय बैठकले टुङ्गो लगाउने जानकारी दिनुभयो । 

पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनले सहमतिमा नै नेतृत्व चयन गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । वडा, नगर हुँदै हुने अधिवेशन लगत्तै राष्ट्रिय सम्मेलन तोकिएकै मितिमा हुने अध्यक्ष प्रचण्डको भनाइ छ । –रासस


ताजा खबर