सामसङ ‘ग्यालेक्सी एटेनएस’ नेपाली बजारमा,थाहा पाउनुहोस मूल्य र फिचर्स

दक्षिण कोरियाली स्मार्टफोन ब्रान्ड सामसङको ग्यालेक्सी एटेनएस नेपाली बजारमा आएको छ। कम्पनीले नेपाली उपभोक्ताका लागि ६.२ को डिस्प्ले भएको यो फोन ल्याएको हो।

४ हजार एमएएच क्षमताको ब्याट्री भएको यो फोनमा को ड्युअल क्यामरा सेटअपमा एफ १.८ अपर्चरको साथ १३ मेगापिक्सलको प्राइमरी रियर क्यामरा तथा २ मेगापिक्सलको डेप्थ क्यामरा रहेको छ ।यसमा सेल्फी लिनका लागि ८ मेगापिक्सेलको क्यमेरा छ।

२ जिबी र्‍याम र ६४ जिबी मेमोरी भएको यो फोनको मूल्य १६ हजार ७९० रुपैयाँ छ।

निलो हरियो र कालो कलरमा फोनहरु पाइने छन्।

 


ताजा खबर