कोरोना विरुद्धको खोपमा समन्वय गर्न पुटिनको आग्रह

कोरोना भाइरसका विरुद्धमा हाल विश्वका देशहरुमा लगाइराखिएको खोपको उपलब्धता र यसको वितारणको प्रणालीलाई व्यवस्थित गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आग्रह गर्नुभएको छ । उहाँले खोप विश्वमा सबै देशमा उपलब्ध होस् भन्ने पक्षमा जि २० का सदस्य राष्ट्रहरुले सुनिश्चितता प्रदान गर्नुपर्नेमा पनि जोड दिनुभएको छ ।

उहाँले भन्नुभएको छ– सबै देशले कोरोना भाइरसका विरुद्धको खोपको वितवरणका साथै यसको उपलब्धताका विषयमा पनि सुनिश्चिता हुनुपर्छ र यस विषयमा आपसमा समन्वय गरेर अघि बढ्नुपर्दछ । जि२० को १६ औँ सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले विश्वमा नै यो खोपका विषयमा अस्वस्थ प्रतिस्पर्धाका साथै असमान वितरण र यसको विवरण अध्यावधिक गर्ने काममा पनि चुस्तता नभएकाले यो समस्या भएको बताउनुभएको थियो ।

खोपको विवरण अध्यावधिक राख्ने र अहिलेसम्म पनि पर्याप्त मात्रामा खोप उपलब्ध हुन नसकेका देशमा उपलब्ध गराउने भन्दै यसका लागि जि२० देशहरुले काम गर्नुपर्नेमा उहाँको जोड थियो । साथै राष्ट्रपति पुटिनले यस कार्यमा विश्व स्वास्थ्य सङ्गठनको भूमिका महत्वपूर्ण रहेको भन्दै यसका लागि उक्त सङ्गठनलाई अरु देशले आवश्यकता अनुसार सहयोग गर्नुपर्ने पनि बताउनुभयो । –रासस / सिन्ह्वा


ताजा खबर