नेपाल आयल निगमले इन्धनको मूल्य फेरी बढायो

 नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।

शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको मूल्य बढाएको छ ।

निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३÷३ रुपैयाँ बढाएको छ । अब पेट्रोल १३३, डिजेल र मट्टितेल ११६ रुपैयाँ पुगेको छ ।

आन्तरिक तथा बाहृय हवाई इन्धनमा पनि १० रुपैयाँ बढाइएको छ ।

खाना पकाउने ग्यासमा ५० रुपैयाँ बढाएर १ हजार ५ सय पुर्‍याइएको छ ।


ताजा खबर