उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपातको सम्भावना

देशका केही भूभागमा आज पनि वर्षा हुने भएको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज देशभर सबै प्रदेशका थोरै-थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ । महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ । –रासस


ताजा खबर