एक अध्ययन भन्छ, मांसहारीको सेक्स जीवन सुखद

एजेन्सी । आजभोलि मासु खान छोड्नेहरू बढ्न थालेका छन् । स्वास्थ विज्ञानले पनि शाकाहारी भन्दा मांसहारीलार्इ बढि रोग लाग्ने बताउँछ । झन् ४० वर्ष कटेकाले त विस्तारै मासु छाड्दा नै फाइदा हुने डाक्टर कै सल्लाह पनि हुने गर्छ । तर एक अध्ययन प्रतिबेदनमा त्यसको ठीक विपरित तथ्यांक सार्वजनिक भएको छ ।

सो अध्ययनले मासु खाने व्यक्तिमा यौन जीवनको सम्बन्ध राम्रो हुने दावी गरेको छ । यद्यपी, यो अध्ययन एक मासु बेच्ने कम्नीले गरेको हो । मांसहारीले कम्तिमा हप्तामा एक पटक यौन सम्पर्क अवस्य गर्ने बताएका छन् ।   यस अध्ययनमा बेलायतका दुई हजार व्यक्तिले सहभागिता जनाएका थिए ।

तीमध्य मासु नखाने व्यक्तिमध्ये १६ प्रतिशतले मात्रै हप्तामा एक पटक यौन सम्पर्क गर्ने बताए । जबकी मासु खानेमध्ये ४२ प्रतिशत व्यक्तिले हप्तामा एक पटक यौन सम्पर्क गर्ने बताए ।

त्यस्तै, ४२ प्रतिशतले हप्तामा कम्तिमा एक पटक मासु खाने र उनीहरुको यौन जीवन पनि राम्रो रहेको बताए ।

‘गउरमेन्ट मिट क्लब’ नामक वेबसाइटले अध्ययन गरेको हो । यद्यपी, अध्ययनमाथि शंका गर्दै शाकाहारी व्यक्तिले पनि आफ्नो यौन जीवन पनि राम्रो रहेको दाबी गरेका छन् ।

याैन सन्तुष्टी एक मनाेवैज्ञानिक विषय भएकाले यसको फरक फरक अनुभूति हुनसक्ला ।

यसमा मानिसको शारिरिक र मानसिक स्वास्थ्यको मुख्य भूमिका हुने तर्क गर्नेहरू पनि कम छैनन् ।

यो अध्ययनको विश्वासनीयतामाथि प्रश्न उठाउने ठाउँ प्रशस्त देखिन्छ । किनकी यो मासु बेच्ने कम्पनीले गरेको अध्ययन हो ।


ताजा खबर