देशभरबाट ७ सय ३४ कोरोना संक्रमित थपिए

१ हजार ४ सय १३ जना संक्रमणमुक्त

देशभरबाट आज ७  सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । 

७ हजार ३ सय ४ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ६ सय ५६ जना तथा २ हजार ७ सय ९ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ७८ जना गरी जम्मा ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा १ हजार ४ सय १३ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । 

मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट निको भएको दर ९५ दशमलव ५ प्रतिशत छ । 

आज कोरोना सङ्क्रमणबाट १२ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४० जना पुगेको छ । 

देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा २४ हजार ३ सय १३ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 

जसमा ३ सय ९० जनाले आइसियु र १ सय १७ जनाले भेन्टिलेटरमा उपचार गराइरहेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


ताजा खबर