निर्वाचनको तयारीमा लाग्न एमाले अध्यक्ष ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनको तयारीमा लाग्न सबै नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेकपा एमाले रुपन्देहीले आज बुटवलमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनपछि एमाले नेतृत्वमा आउने सरकार रोक्न कसैले नसक्ने बताउनुभयो । 

उहाँले एमालेमा जति आन्तरिक जनवाद अरू कसैमा नभएको बताउँदै आन्तरिक जनवादको माध्यमबाट पार्टीलाई अझै मजबुत बनाइने बताउनुभयो । 

एमालेलाई छेक्छु भनेर एमालेलाई रोक्छु भनेर एमालेलाई तोड्छु भन्छ भने त्यो शक्ति आफै बिलाएर जाने उहाँको दाबी थियो । 

उहाँले आफूले नेतृत्व तत्कालीन सरकारले विकासका लागि सयौँ सडक, अस्पतालजस्ता पूर्वाधार निर्माणका कार्यहरू अघि बढाएको बताउनुभयो । 

मुलुकको समृद्धिका लागि एमालेको यात्रामा हालको गठबन्धनले रोकेको बताउनुहुँदै यसको जवाफ आम नेपालीले आउने निर्वाचनबाट दिनुपर्ने  अध्यक्ष ओलीले बताउनुभयो । 

नेकपा एमालेका उपमहासचिव तथा पूर्व उपप्रधानमन्त्री विष्णु पौडेलले काँग्रेसको पछि लागेर सत्तामा रमाउन खोज्ने वामपन्थी एकताको आवाज उठाउनेहरूलाई आगामी चुनावमा जवाफ दिनुपर्ने बताउनुभएको छ । 


ताजा खबर