थप २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर कोरोना भाइरसबाट २ हजार ६ सय ७ जना संक्रमित भएका छन् ।

७ हजार ७ सय ११ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७ सय ६८ जना तथा ४ हजार ७ सय ७३ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ सय ३९ जना गरी जम्मा २ हजार ६ सय ७ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

देशभरबाट गएको २४ घण्टामा २ हजार १ सय ४१ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । 

यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ५ लाख ४५ हजार ६ सय ६२ जना निको भएका छन् । 

आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ८८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

देश भरी आज कोरोना सङ्क्रमणबाट ३९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार ५ सय  ९७  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


ताजा खबर