४ हजार १ सय ८७ जना कोरोना सङ्क्रमणमुक्त

मंगलबार देशभर कोरोना भाइरसबाट २ हजार ७ सय ४५ जना संक्रमित भएका छन् । 

७ हजार ४ सय ४९ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार ६ सय ८१ जना तथा ५ हजार ८ सय ४१ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ हजार ६४ जना गरी जम्मा २ हजार ७ सय ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
देशभरबाट गएको २४ घण्टामा ४ हजार १ सय ८७ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । 
यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ५ लाख ४० हजार ४ सय ३९ जना निको भएका छन् । 
मंगलबारसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ८८ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 
देशभरि कोरोना सङ्क्रमणबाट ४१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार ५ सय ६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


ताजा खबर