जनताको जीवन साह्रै सस्तो

~शोभा पाण्डे सिलवाल

सङ्कटमा जनतालाई साथ् नदिने नेता जति

लेखाजोखा गर्नै पर्छ  दिन हुन्न भोट कत्ति । 

निमोठेर स्‍वदेशका फाल्न खोजे तिनै अङ्ग 

विवेकहीन बनी गरे दलहरूले संसद् भङ्ग। 

मरे मरून् जनता जति भतुवालाई तातो भात 

सत्ता लोलुप नेतालाई  अब नदिऊँ धेरै साथ । 

राष्ट्रवादी  विदेशीको  पिछलग्गु बनी सके 

भारतीय गुप्तचर ‘र’ को पाठ पढी सके । 

प्राणभन्दा प्यारो हुने कुर्ची चुम्बक जस्तो 

जनताको जीवन हजुर बन्यो साह्रै सस्तो । 

संविधानको संरक्षण नभएको भन्दै नेता 

सर्वोच्च र  सडकमा विपक्षी  गुथ्‍तै फेटा । 

लाज छेैन के भनेर गुहार्ने हो जन्तालाई 

महामारीमा घरैपिच्छे लास गन्दा छटपटाई। 

कुन दलले हेरेका छौ ? जनताको पीर मर्का  

मध्‍यावधि चुनाव  भए भोट माग्‍न गाउँ नफर्क ।   

कुर्चीलाई ठुलो ठानी लडी राख  नेताहरू                                         

अब यिनलाई भोट ह्वैन बहिष्कार  गरौँ  बरू । 

जुन जोगीआए पनि देखिँदै छ कानै चिरेको  

देखिँदैन  हजुर मेरो देशले काँचुली फेरेको ।


ताजा खबर