नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

बजेट जनमत प्रभावित पार्ने दुरासयबाट आएको नेपाली काँग्रेसको आरोप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको बजेटका विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

काँग्रेसले जनमत प्रभावित पार्ने दुरासययुक्त बजेट ल्याएको भन्दै सरकारले ल्याएको बजेटको विरोध गरेको हो ।

आज संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनमार्फत काँग्रेसले ल्याएको बजेटले ऋण भार बढाएको बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्दा ८ अर्ब ऋण रहेकोमा अहिले बढेर झण्डै १६ सय अर्ब पुगेको भन्दै पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेता तथा सांसद डाक्टर मिनेन्द्र रिजालले सरकारले बजेटमा कुनै नयाँ कार्यक्रम नसमेटेको बताउनुभयो ।

सरकारले हचुवाका भरमा केही कार्यक्रम सुरु गरेको  र कोरोनाबाट थलिएको अर्थतन्त्र उकास्न कुनै योजना अघि नसारेकोमा काँग्रेसले विरोध पनि गरेको छ ।


ताजा खबर