नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

चिनियाँ अन्तरिक्ष यान ‘चुरोङ रोभर’ मङ्गलमा सफल अवतरण

चिनियाँ अन्तरिक्ष यान चुरोङ रोभर मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको छ ।

सात महिनाको अन्तरिक्ष यात्रा तथा तीन महिनासम्म कक्षको परिक्रमापछि मङ्गलमा सफलतापूर्बक यान अवतरण गराउने चीन दोस्रो राष्ट्र बनेको हो ।

बीबीसीका अनुसार शनिबार सात बजेर १८ मिनेट जाँदा उक्त यानले मङ्गल टेकेको हो । यसअघि अमेरिकाले मङ्गलमा सफलतापूर्बक यान अवतरण गराएको थियो ।

चीनका राष्ट्रपति सी चिनफिङले एक विशेष सन्देश जारी गरेर उक्त यान अवतरण गराउने समूहलाई बधाइ दिनुभएको छ । रोभरको ‘सोलार प्यानेल’ खुल्न अवतरण गरेको १७ मिनेट समय लिएर पृथ्वीमा सङ्केत पठाएको थियो । छ पाङ्ग्रासहितको रोभर मङ्गल ग्रहको उत्तरी गोलार्धको हिस्सा यूटोपिया प्लेनीशिया समतल भूभागमा टेकेको छ ।

चुरोङ रोभरलाई तिअन्वेन–१ आर्बिटरले मङ्गलसम्म बोकेको थियो । मङ्गलमाथि तिअन्वेन–१ गत् फेब्रुअरी महिनामा आइपुगेको थियो । चिनियाँ भाषामा ‘चुरोङ’लाई अग्नि देवको रुपमा अर्थ्याइने गरिन्छ ।

पृथ्वीबाट मङ्गलको दूरी ३२ करोड किलोमिटर छ । मङ्गलबाट पठाइने रेडियो सन्देश पृथ्वीमा आइपुग्न १८ मिनेट लाग्छ ।

चुरोङको सफल अवतरणपछि यानले मङ्गलको ९० दिनको अवलोकन गर्नुका साथै भौगोलिक अवस्थाबारे अवलोकन गर्नेछ । यानमा जोडिएको अन्य पाँच उपकरणले मङ्गलमा विद्यमान लवणीय चट्टान र सतहमुनि बरफको उपस्थितिबारे अन्वेषण गर्नेछ ।

उक्त यान अमेरिकी अन्तरिक्ष संस्था(नासा)को ‘स्पिरिट’ र ‘अपरचुनिटि’ झैं देखिन्छ । यानको तौल करिब २४० किलोग्राम छ ।


ताजा खबर