चिसोमा भन्दा ओसिलो दिनमा बढी जोर्नीको दुखाइ : उपचारका लागि नयाँ ढोका खोल्नसक्ने अपेक्षा

एउटा अध्ययनले जोर्नीको दुखाइसम्बन्धी बाथ रोगजस्ता दीर्घकालीन समस्या हुने मानिसले ओसिलो दिनमा बढी दुखाइ सहनु पर्ने देखाएको छ।

चिसोले दुखाइलाई बढाउने भनाइ प्रचलित भएपनि दुखाइमा हुने मौसमको प्रभावबारे एकदमै थोरै मात्रै अनुसन्धान भएको छ।

म्यान्चेस्टर विश्वविद्यालयले मोबाइल फोनमार्फत दुई हजार पाँच सय मानिसमाझ गरिएको अध्ययनमा दुखाइका लक्षणहरू न्यानो तर ‌‍ओसिलो दिनमा झन खराब हुने पत्ता लगाएको छ।

अनुसन्धानकर्ताहरूले यो अध्ययनले यस विषयमा भविष्यमा थप अनुसन्धान गर्न बाटो देखाउने आशा गरेका छन्।

म्यान्चेस्टर विश्वविद्यालयको सेन्टर फर एपिडेमियोलोजी भर्सेस आरथ्राइटिसका प्राध्यापक तथा सो अध्ययनका नेतृत्वकर्ता विल डिक्सले भने: “बाथ रोगको लक्षण भएका बिरामीलाई मौसमले असर गर्ने गरेको पुरातन ग्रिसका चिकित्सक हिप्पोक्रेट्नको पालादेखि नै थाहा थियो।”

“बाथ रोग भएका करिब तीन-चौथाइ मानिस मौसमले आफ्नो दुखाइलाई प्रभाव पार्ने विश्वास गर्छन्।”

प्राध्यापक डिक्सनले यदि अनुसन्धानकर्ताहरूले अब ओसिलो मौसमसँग दुखाइको सम्बन्ध हेरे भने त्यसले नयाँ उपचारका लागि नयाँ ढोका खोल्नसक्ने बताए।

हातमा आरथ्राइटिसतस्वीर कपीराइटGETTY IMAGES

उनको अनुसार त्यस्तो अध्ययनले दुखाइको पूर्वानुमान गर्न सम्भव हुनसक्छ जसले गर्दा दीर्घरोग भएका मानिसहरूलाई आफ्नो कामको योजना बनाउन सहयोग गर्छ।

यूकेमा करिब एक करोड मानिसलाई बाथ रोग छ र तीमध्ये धेरैजसोले प्रत्येक दिन असह्य पीडा सहने ठानिन्छ।

अध्ययनका लागि मद्दत गरेको सेन्टरका निर्देशक डाक्टर स्टेफेन सिमसनले भने: “बाथ रोगमा मौसमको असर हुन्छ भन्ने कुरा लोककथा जस्तै भइसक्यो तर त्यो अध्ययनको आधारमा भन्दा अनुभवको आधारमा भनिएको हो।”

“अनुसन्धान गर्नका लागि यो नवीन तरिका थियो र हामीले यसबाट निकालेका निष्कर्षहरू महत्त्वपूर्ण छ।”

बीबीसी

ताजा खबर