बहुमतको सरकार गठन प्रक्रिया सुरुगर्न आह्‍वान

विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि प्रक्रिया सुरु गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्‍वान गरेका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव संसदबाट अस्वीकृत भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त आह्‍वान गर्नुभएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधानको धारा ७६९२० अनुसार बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आह्‍वान गर्नुभएको हो ।


ताजा खबर