यस वर्षको एसइई र कक्षा १२ को परीक्षा स्थगित

यस वर्षको माध्यमिक शिक्षा परीक्षा–एसईई र कक्षा १२ को परीक्षा अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको छ ।

आज विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कोभिड महामारीको जोखिम र देशैभरिजसो निषेधाज्ञा भएका कारण परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

यस वर्षको एसईई परीक्षा जेठ १३ गतेदेखि र कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सुरु हुने तय गरिएको थियो ।

स्थगित दुबै परीक्षा अब कुन तरिकाबाट र कहिलेदेखि सञ्चालन गर्ने भन्ने सम्बन्धमा बोर्डका सदस्यहरुले १५ दिनभित्र आ–आफ्नो सुझावसहित बैठक बसेर परीक्षाको नयाँ मिति तय गर्ने निर्णय बोर्डले गरेको जानकारी शिक्षामन्त्री कृष्णगोपालका प्रेस सल्लाहकार ईश्वरराज ढकालले दिनुभयो ।

गत वर्ष पनि कोभिडका कारण एसईई परीक्षा सुरु हुने अघिल्लो दिन स्थगित भएको थियो । –रासस


ताजा खबर