नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

‘सबै मिलेर आए हुन्छ, अबको चुनाव एमाले एक्लै लड्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले अबको चुनावमा नेकपा एमाले एक्लै चुनाव लड्ने बताउनुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै पार्टी मिलेर एमालेविरुद्ध चुनाव लड्ने बताएको दुई दिनपछि प्रधानमन्त्रीको प्रतिक्रिया आएको हो ।

काठमाडौंमा सोमबार भएको कार्यक्रममा एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले भन्नुभयो, ‘प्रचण्डजीले कहिले कहिले साँचो कुरा गर्नुहुन्छ, एक्लै त कसैले नचिताए हुन्छ । नचिहाए पनि हुन्छ । एमाले एक्लै चुनाव लड्छ ।


देशभरीका जनता एकजुट होऔं, देशभरीका प्रतिक्रियावादीहरु पनि एकजुट भएर आऊ ।’

प्रधानमन्त्री ओलीले एमाले जालझेल, तिकडम गरेर सरकारमा नगएको स्मरण गराउनुभयो । ‘पहिलोपटक सरकारबाट हटाउँदा मैले भनेको थिएँ कि, हामी जस्केलाबाट होइन, राजमार्गबाट आउँछौं, फेरि पनि भन्छु एमाले जालझेल गरेर सरकारमा आएको होइन,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सभामुखले संविधान र कानुनविपरीत काम गरेको जिकिर गर्नुभयो । अधिवेशनको पहिलो दिनमै पेस गर्नुपर्ने अध्यादेश सभामुखले रोकेकोमा असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले एमसीसी सम्झौता निर्णायार्थ पेस नगरेर कानुन मिचेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘संविधानको, कानुनको मतलब छैन । कांग्रेस किन बोल्दैन ? मुखमा पानी हालेर बसेको छ ।’


ताजा खबर