डा. बसन्त पन्त भन्छन्, ‘बिरामी हेर्न धामीसंग दोस्ती गर्नुपर्यो’

बरिष्ठ न्युरो सर्जन डा. बसन्त पन्त

मैले स्वास्थ्य सेवाको शुरुवात हेल्थ असिस्टेन्ट (एचए)बाट भएको हो । एचए पास गरिसकेपछि म सरकारी सेवामा प्रवेश गरेँ । र पहिलो नियुक्ति लिएर गएको जिल्ला थियो कालिकोट ।

म काठमाडौँबाट भर्खर दुर्गम कालिकोट पुगेको थिएँ । एचए पास गरेको मान्छे  दुर्गम गाँउमा पुग्दा त बिरामीको भिड लाग्छ होला भन्ने मेरो कल्पना थियो । तर त्यस्तो भएन । बिरामी त आउँदै आएनन् । पछि बुझ्दै जाँदा थाह भयो बिरामी त त्यहाँ पारिको धामीकहाँ पो जाँदा रहेछन् । उता धामीले बिरामीलाई एचए कहाँ गयौ भने रोग कहिल्यै निको हुँदैन भन्दा रहेछन् । अर्थात म कहाँ नजाओस भन्दा रहेछन् ।

सबै कुरा बुझेँ । तर त्यो ठाँउमा गएर झगडा गर्ने कुरा भएन । बरु बिरामी हेर्नका लागि अब धामीसंग दोस्ती गर्नु पर्ने भयो भन्ने बिचार गरेँ । र विभिन्न जुक्ति लगाएँ । र पछि उनीसंग यति राम्रो दोस्ती भयो कि उनको क्षमता मैले बुझेँ र मेरो क्षमता उनले बुझे । त्यसपछि उनले म कहाँ बिरामी पठाउन थाले । मैले पनि उनीकहाँ बिरामी पठाउने गर्न थालेँ । विशेषगरी मैले मानसिक रुपमा अफ्ट्यारा भएका मानिसहरुलाई उनीकहाँ पठाउँथेँ ।

पछि मैले मैले हेल्थपोष्टको कार्डमा नै रिफर टू धामी भनेर लेख्न थालेँ ।

यो कुरा कताबाट स्वास्थ्य मन्त्रालयमा आईपुगेछ । त्यसपछि सचिवले मलाई पत्र मार्फत स्पष्टीकरण सोध्नु भयो । तपाईँ एच ए पास गरेको मान्छे, तपाईँले कालिकोटमा पुगेर बिरामी धामीलाई रिफर गर्ने ? सुहाउने कुरा हो ? यस्तै शव्द लेखिएको पत्र पठाईएको थियो । मैले पनि त्यसबेला स्पष्टीकरण त दिएँ । तर त्यसको केही बर्ष पछि स्वास्थ्य मन्त्रालयले धामी झाँक्रीलाई ल्याएर तालिम गराएर मेन्टल हेल्थ र प्रिभेन्टीभ हेल्थमा प्रयोग गर्न थालेको आजको मितिसम्म पनि जारी छ । यो एउटा उदाहरण हो ।

अर्को कुरा,
म न्युरो सर्जन भईसकेपछि पनि मेरो सम्वन्ध नेचुरोप्याथीसंग थियो । र मैले डा हरिप्रसाद जी लाई केस पठाउँथे र उहाँले पनि मलाई केश पठाउनु हुन्थ्यो । त्यो कुरा थाह पाएपछि बीबीसीले मलाई र हरिप्रसाद जीलाई संगै राखेर अन्तरबार्ता लिएको थियो । तपाईँ एलोपेथिक डाक्टर भएर नेचुरोपेथीकोमा विरामी किन पठाउनु भएको ? भनेर प्रश्न सोधिएको थियो ।

मैले त्यसबेला भएको थिएँ स्वस्थ हुनका लागि पाँचबटा चिज हुन आवश्यक छ । एउटा भनेको प्रमोटिभ हेल्थ, अनि अर्को प्रिभेन्टीभ हेल्थ, त्यसपछि क्योरेटिभ हेल्थ, प्यालिभेटिभ केयर अर्थात हस्पिस टाइपको । यस्ता लियरहरु छन् । यसमा हामीहरले हरेक विधाको राम्रो कुरा समेटन सक्नुपर्छ ।

त्यहि क्रममा हामीले आयुर्वेदका योङ र इनरजेटिक डा प्रदीप र डा जयालाई स्थान दिएर यो हेरौँ न त कस्तो हुँदो रहेछ चाइनिज मेडिसिनका बारेमा अनुसन्धान अघि बढायौँ । मस्तिष्कघात भएकालाई अकुपन्चर गर्दा र नगर्दाको अनुसन्धान दुईवर्षसम्म गरयौँ । जसमा अकुपञ्चर गरी उपचार गर्दा राम्रो भएको पाइयो । त्यसैमा डा प्रदीपको पीएचडी पनि भयो । यस्ता थुप्रै राम्रा उपचार पद्धतीहरु हाम्रो अल्टरेनटीभ मेडिसिन, आयुर्वेद र युनानीमा लगायतमा पाउन सकिन्छ ।

मैले यो उ भन्दिन सबैमा आ आफ्ना गुणहरु छन् । र म चाही के भन्छु भने उपचार गर्ने कुरामा हामी व्लाइन्ड हुुनु हुँदैन । म एलोपेथिक डाक्टर हुँदै गर्दा त्यहि मात्रै ठिक हो अरु सबै गलत हो भन्ने ठान्नु हुँदैन । आयुर्वेदका डाक्टरले पनि आयुर्वेदिक पद्धती मात्रै होइन एलोपेथिक पनि ठिक हो भन्न सक्नुपर्छ ।

यो आयुर्वेद भन्ने चिज यो हाम्रै देश हाम्रै यहि क्षेत्रबाट शुरु भएको होइन र ? यसको इतिहास त हजारोँ बर्ष पुरानो हो त । मेडिसिनको इतिहास त धेरै छोटो पो छ त । मेडिसिनको इतिहाँस १०० बर्षको छ भने यसको चार पाँच हजार बर्ष पुरानो छ । यति पुरानो इतिहास छ भने त्यसमा केही न केही अर्थ त हुन्छ ।

अहिले युरोप तिर आयुर्वेद योगा तथा मेडिटेसन खुव फैलिएको छ । हुँदा हुँदा हुने खाने नेपालीहरु आयुर्वेदको उपचार गर्न जर्मनी जान थालेको भन्ने पनि सुनेको छु । यो सुन्दा पनि अनौठो लाग्ने कुरा । किनभने आयुर्वेदको उदगमस्थल त यहि हो नि । किन हामीले यसमा विकास गर्न सकेनौँ ।

माननीय राज्यमन्त्री यही हुनुहुन्छ । सरकार अहिले राम्रो छ । र केह ीगर्न पनि सकिन्छ । मन्त्री ज्यू हामीले चाईनाबाट केही सिकौँ । चाइनामा के हुन्छ भने मोर्डन मेडिसिन र अल्टरनेटीभ मेडिसिन एउटै विल्डिङमा हुन्छ । यहाँ पनि त्यसो गरे कसो होला ? एउटै विल्डिङमा हुनासाथ, यसको क्षमता, लिमिटेसन, महत्व सबैकुरा थाह भईहाल्छ । आज यहाँ आएर सोधेँ तपाईँहरु के के उपचार सहज ढंगबाट गर्नुहुन्छ भनेर उहाँहरुले चार पाँचवटा रोगको नाम लिनुभयो । त्यो मोर्डन मेडिसिनबाट गर्न असाध्यै अफ्टेरो हुने रोग हो । तर यसमा अनुसन्धान चाहि गर्नुपर्छ । किनभने आयुर्वेदमा रिसर्च कम हुने गरेको छ । यो कम भएकै कारण पछि परेको हो जस्तो लाग्छ । किनभने मोर्डन मेडिसिन रिसर्चकै कारणले यति छिटो अगाडी आएको हो । त्यसैले अब तपाईँहरुले आयुर्वेदिक उपचार र औषधिको अनुसन्धान गर्नु भयो भने त्यो निकै नै लाभदायी हुन्छ ।

मैले फेरी पनि भनेँ स्वासथ्य सम्वन्धी काम गर्ने तीन चार वटा जति पनि निकाय र पद्धती छ । त्यो एउटै भवन भित्र रहयो भने निकै प्रभावकारी हुन्छ । अर्कोकुरा आयुर्वेदिक उपचार पद्धती एकदमै कम खर्चिलो छ । रोग कसरी नलाग्ने भनेर सिकाउँदा त पैसो नै लाग्दैन ।

हाम्रो अन्नपूर्ण अस्पतालमा रिसर्च सेन्टर पनि छ । अहिले हामीले यस्ता आयुर्वेदिक औषधि जसले क्यान्सर निको पार्न सकिन्छ भनेर भनिएको छ । त्यसको परीक्षण गरिएको छ । क्यान्सरको सेलसंग जाँच गरेर परीक्षण गरिएको छ । कति औषधिले राम्रो काम गरेको देखिएको पनि छ कतिले गरेका छैनन् पनि ।

त्यसैले फेरी पनि म भन्छु आयुर्वेदिक औषधिमा अनुसन्धान गरौँ । यसबाट हामी धेरै छिटो अघि बढ्न सकिन्छ ।

 


ताजा खबर