पेट्रोलियम पदार्थको मूल्य फेरी दुई रुपैयाँ बढ्यो

नेपाल आयल निगमले गए मध्यरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर ११६ रुपैयाँ कायम भएको छ । यस्तै डिजल र मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ ।

यसैगरी हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा पाँचले वृद्धि गरी ७२ रुपैयाँ गरिएको निगमले जनाएको छ ।

यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरिएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।


ताजा खबर