क्यासलेस बन्दै चीन : अधिकांश चीनियाँ मोवाईलबाटै तिर्छन् बिल

क्यास अथवा पैसा आधुनिक युगको सबै भन्दा महत्वपूर्ण विषय भएको छ । पैसा प्राय व्यक्तिको पहिलो प्राथमिकता आउँछ । पैसाले मान्छेको पहिचान समेत गराउँछ । प्रत्येक देशमा पैसा लेनदेनको रुपमा प्रयोग हुनेगर्छ । तर पैसा बोकेर हिड्न पनि चोरीको निकै डर हुन्छ । यस्तो डरहरुको न्यूनिकरण गर्न धेरै देशहरुले नयाँ प्रविधिहरु मार्फत आफ्नो देशमा अनलाइन लेनदेन गर्ने निर्णय गरेका छन् । नयाँ प्रविधिको विकासका लागि चीन पनि लागि परेको छ ।

पैसा भन्दा पनि सबै अनलाइन प्रविधिबाट नै कारोबार गर्ने क्यासलेस प्रणलीको सूचीमा चीन पहिलो देश हुने क्रममा छ । चीनले विश्वको पहिलो कैसलेस समाज हुने लक्ष्य लिएको छ । २०१७ देखि तीन चौथाई भन्दा बढी चिनियाँ जनताहरुले यो प्रविधिको प्रयोग गरिरहेको जनाइएको छ । चिनियाँ नागरिकहरुले नगद कारोबर भन्दा डिजिटल भुक्तानी सजिलो रहेको पनि जनाएका छन् । यो व्यवस्थालाई देशव्यापी रुपमा लैजान चिनियाँ सरकार र निजि निकाय समेत लागि परेको छ । क्यास्लेस देशहरुको सूचीमा स्वीडेन पहिलो स्थानमा हुँदा चीन दोश्रो स्थानमा रहेको छ । चीनले २०२३ सम्ममा पूर्ण रुपले क्यासलेस हुने दाबी गरेको छ ।

सेल फोन प्रविधिबाट लेनदेन गर्ने कार्यमा चीन सबै भन्दा अगाडी छ । प्रत्येक चिनियाँ व्यक्तिहरु फोन बाटै लेनदेन गर्नेगर्छन् । अलि पे र वि च्याट पे मार्फत भुक्तानी गर्छन । चीनको जनसंख्याको आधारमा चीन डिजिटल भुक्तानीमा पहिलो देश भैसकेको छ । यो प्रविधिले मानिसलाई पैसा बोक्ने झन्झट र डर हुँदैन । यो प्रविधिले तल्लो वर्गको मानिसहरुलाई निकै फाइदा र तोकिएको मूल्य अनुसार लेनदेन गर्न सजिलो हुन्छ । क्यासलेस प्रणालीले देशको भ्रस्टाचारलाई न्यूनिकरण गर्छ ।


ताजा खबर