आज थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना भाइरसबाट आज थप ४ सय ८१ जना संक्रमित भएका छन् ।

आज ३ हजार ८ सय २८ वटा नमुनाको पीसीआर परीक्षण गर्दा ३ सय २ जना पुरुष र १ सय ७९ जना महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यो सँगै नेपालमा हाल सम्म २ लाख ५८ हजार १ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसै गरी आज थप ७ सय ३१ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् भने मुक्त हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ ।

आज देशभरमा गरी जम्मा ६ हजार ४ सय ९३ जना भाइरसका सक्रिय संक्रमित रहेका छन् भने ५३ जनाको भेन्टिलेटर र २ सय ३५ जनाको आइसियुमा राखेर उपचार भईरहेको छ ।

यसै गरी आज थप ६ जनाको मृत्यु भएपछि नेपालमा हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या १ हजार ८ सय २५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनएको छ ।


ताजा खबर