आज डिसेम्बर २६ : विश्व बक्सिङ डे मनाइँदै

आज डिसेम्बर २६ अर्थात विश्व बक्सिङ डे । सधै झै यसपटक पनि खेलकुदका विभिन्न खेलहरु बक्सिङ डे पारेर शुरु गरिदैँछ ।

जसअन्तर्गत क्रिकेट तर्फ अष्ट्रेलिया -भारतको बोर्डर गवास्कर ट्रफी अन्तर्गतको दोस्रो टेष्ट म्याच अहिले बिहान ५:१५ बजेबाट मेलबर्नमा शुरु भइरहेको छ ।

यसैगरि न्युजल्यान्ड भ्रमणमा रहेको पाकिस्तानले पनि पहिलो टेष्ट अन्तर्गत टस जितेर घरेलु टिम न्युजल्यान्डलाइ ब्याटिङको निम्ता दिदै आज बिहान ३:४५ बजेबाट खेल खेलिरहेको छ ।

दक्षिण अफ्रिका र श्रीलङकाबिचको पहिलो टेष्ट आज दिउसो १:४५ बाट सेन्चुरीयन रंगशालामा शुरु हुँदैछ ।

उता बक्सिङ डे कै अवसर पारेर इङलिस प्रिमियर लिग अन्तर्गत आज ६ खेलहरु खेलिदैछन् जसमा नेपाली समयअनुसार साँझ ६:१५ बजे लेष्टर सिटि विरुद्ध म्यानचेष्टर युनाइटेड आमनेसामने गर्दैछन् ।

बक्सिङ डे कै सबैभन्दा रोमान्चक मानिएङ्को लन्डन डर्बिमा आर्सनल र चेल्सी नेपाली समय अनुसार आज राती ११:१५ बजे इमिरेट्स मैदानमा भिड्दैछन् । यस्तै एस्टन भिल्ला र क्रिस्टल प्यालेस तथा फुलह्याम र साउथ ह्यामटन पनि आजै भिड्दैछन् ।


ताजा खबर