प्रधानसेनापति थापा र अमेरिकी सेनाका उपरथी डानियलबीच भेटवार्ता

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापा र अमेरिकी सेनाका उपरथी डानियल एफ. एमसी डानियलबीच सैनिक मुख्यालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा दुई देश बीचका सेनाको पारस्परिक सम्बन्ध र पेशागत क्षमता अभिवृद्धिका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

अमेरिकी सेनाको नेतृत्व गर्दै उपरथी डानियल नेपाल र अमेरिकी सेनाबीच भएको ‘ल्याण्ड फोर्स टक’ कार्यक्रमका लागि नेपाल आएका हुन् । कार्यक्रममा अमेरिकी सेनाको प्यासेफिक कमाण्डका १६ जना अधिकृतहरु सहभागी छन् भने नेपाली सेनाबाट रथीसहित १९ जना सहभागी छन् ।

नेपाली सेना र अमेरिकी सेनाको टोली सामुहिक तस्वीर खिचाउँदै – तस्वीर नेपाली सेना

कार्यक्रम सैनिक मुख्यालयमा बुधबारबाट शुरु भएको हो । दुई दिनसम्म चल्ने यो कार्यक्रम ‘ल्याण्ड फोर्स टक’ दोस्रो संस्करण हो ।

कार्यक्रमहरुले दुई देशका सेनाबीचको सैनिक सम्बन्ध अझ प्रगाढ हुने र नेपाली सेनाको पेशागत क्षमतामा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

नेपाली सनाले कार्यक्रमको उद्देश्य सेनाको शान्ति स्थापना कार्यको क्षमता अभिबृद्धि, मानवीय सहयोग र विपद् प्रतिकार्य, फौज व्यवसायीकरणमा सहयोग तथा नेपाली सेना र अमेरिकी सेनाले संचालन गर्दै आइरहेको सैनिक कारवाहीका अनुभवहरु आदान प्रदान गर्नु रहेको जनाएको छ ।

सैनिक मुख्यालय


ताजा खबर