संसद विघटन मुद्दा संवैधानिक इजलासमा

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको सबै निवेदनहरूको प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी सबै निवेदनलाई संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।

निवेदकले अन्तरिम आदेश माग गरेकोमा इजलासले संवैधानिक इजलासमा अर्को पनि निवेदन भएकाले अन्तरिम आदेश जारी नगरी सबै मुद्दालाई संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो ।

शुक्रवार बस्ने संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी सबै निवेदनहरूको एकमुष्ट सुनुवाइ हुनेछ ।


ताजा खबर