त्रिभुवन आर्मी क्लबलाई एएफसीको क्लब लाइसेन्स

त्रिभुवन आर्मी क्लबले एशियाली फुटबल महासंघ(एएफसी)बाट क्लब लाइसेन्स प्राप्त गरेको छ । एएफसी क्लब लाइसेन्सिङ्गको मापदण्ड पुरा गरेपछि आर्मी क्लबलाई एएफसी क्लब लाइसेन्स प्रदान गरिएको अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ । लाइसेन्स पाएसँगै त्रिभुवन आर्मी फुटबल क्लबले एएफसीको क्लब प्रतियोगिता खेल्ने बाटो खुलेको छ ।

एन्फाले त्रिभुवन आर्मी फुटबल क्लबको नामले एएफसी प्रतियोगितामा सहभागी हुने जनाएको छ । आर्मी क्लबले एएफसीको फस्र्ट इन्स्टेन्ट बडी(एफआईबी)को निर्णय विरुद्ध अपील गरेको थियो । गत् महिना एफआईबीले क्लब मान्यताका लागि निवेदन दिएको नेपालको १३ वटै ए डिभिजन लिगका क्लबको लाइसेन्सको माँग अस्वीकृत गरेको थियो ।
एन्फाले त्रिभुवन आर्मी फुटबल क्लबले एएफसीको मापदण्ड पुरा गर्दै ब्यवसायिक फुटबल क्लबमा परिणत भएकोले लाइसेन्स प्रदान गरिएको जनाएको छ । ूएएफसीले क्लबको लाइसेन्स पाउन १८ वटा मापदण्ड बनाएको छ । जसमध्ये क्लबको आफ्नै रङगशाला, प्रशिक्षण स्थल, खेलाडीहरु तलब ब्यवस्थापन लगायतको मापदण्डहरु छन् । त्रिभुवन आर्मीले अधिकांश प्रकृया पुरा गरेपनि छुट्टै क्लब र विधान हुनुपर्ने मापदण्ड पुरा गरेको थिएन ।
एफआईबीले यसअघि निवेदन अस्वीकृत गर्दा आर्मी क्लबले आगामी दिनमा मापदण्ड पुरा गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरेको थियो । आर्मी शहीद स्मारक ए डिभिजन लिगको उपविजेता हो।


ताजा खबर