राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट युवाहरू सम्मानित

युवा तथा खेलकुद मन्त्रालयले यस वर्षको राष्ट्रिय युवा प्रतिभा पुरस्कार बाट विभिन्न  क्षेत्रका प्रतिभावान् युवाहरूलाई सम्मान गरेको छ ।

मन्त्रालयमा आज आयोजित राष्ट्रिय युवा तथा  खेलकुद प्रतिभा सम्मान एवं पुरस्कार वितरण कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले युवाहरूलाई नगद तथा प्रमाणपत्रले सम्मान गर्नुभयो ।कार्यक्रममा मन्त्री विश्वकर्माले यस्ता किसिमका सम्मानले युवा प्रतिभाहरूमा थप ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

यस वर्ष राष्ट्रिय युवा प्रतिभा सम्मान  नगद रु १ लाख राशि बाट पुरस्कृत हुनेमा  बागमती प्रदेशकी घरेलु उद्यमी देविका बुढाथोकी, विज्ञान तथा प्रविधि तर्फ कर्णालीका टक्क बहादुर नेपाली, कृषि उद्यम तर्फ प्रदेश नं. १ को राउत एन्ड सन्स बहुउद्देश्यीय कृषि फर्म छन् ।

यस्तै प्रदेश नं. २ बाट नृत्य तथा कोरियोग्राफीमा अश्विनीकान्त झा, सुदूरपश्चिम प्रदेश बाट वन्यजन्तु तथा वातावरण संरक्षणमा धिरेन्द्र चन्द, घरेलु उद्यम तथा  हस्तकला मा गण्डकी प्रदेशकी सुनिता क्षेत्री र शिक्षा तथा सामाजिक क्षेत्र तर्फ लुनिभा बाल सरोकार समूह बागमती प्रदेशलाई जनही १ लाख राशि र प्रमाण प्रत्रले सम्मान गरिएको छ ।

राष्ट्रिय प्रतिभा पुरस्कार  नगद राशि रु ५० हजार पाउनेमा कर्णाली प्रदेशका  सामाजिक अभियन्ता द्वय रचना सुनार र सजना सुनार, लोक नृत्य तथा संस्कृति तर्फ बागमति प्रदेशबाट महेश प्रकाश हाडा त्यस्तै कृषि उद्यम तर्फ बागमती प्रदेशकै सरिता श्रेष्ठ भट्टराई र महिला उद्यमशीलता तर्फ बाग्मती प्रदेशकी प्रकृति मैनाली छन् भने सामाजिक अभियन्ता तर्फ बागमती प्रदेशकै मञ्जु खाँड छन् ।

यस्तै कार्यक्रममा खेलकुद तर्फका युवा प्रतिभाहरूलाई पनि नगद तथा प्रमाण पत्र द्वारा सम्मान गरिएको छ ।नगद रु १ लाख राशिबाट सम्मानित हुनेमा  गल्फका सुवास तामाङ, साइक्लिङका लक्ष्मी मगर, तेक्यान्दोका आयशा शाक्य र कराँतेका मन्दे काजी श्रेष्ठ छन् ।यस्तै कार्यक्रममा जुडोका निर्णायक धर्मकुमार श्रेष्ठ र चिकित्सक डा. ज्ञानेन्द्र विक्रम शाहलाई पनि  नगद १ लाख रुपैयाँ र प्रमाणपत्र द्वारा सम्मान गरियो ।

खेलकुद सङ्घ तर्फ नेपाल गल्फ सङ्घलाई नगद १ लाख रुपैयाँ र प्रमाणपत्रले सम्मान गरिएको छ ।त्यस्तै नगद ६६ हजार ६ सय ६६ रुपैयाँबाट पुरस्कृत हुनेमा  शारीरिक सुगठन तर्फ समिर श्रेष्ठ, भारोत्तोलनका विकास थापा, र एथलेटिक्सका  सन्तोषी श्रेष्ठ छन् ।

कार्यक्रममा कराँते  र तेकवान्दोका प्रशिक्षक द्वय कुशल श्रेष्ठ र नविनकुमार श्रेष्ठलाई पनि नगद ५० हजार रुपैयाँ र प्रमाणपत्रद्वारा  सम्मान गरियो । उक्त कार्यक्रममा  कतार एयरवेज र काठमाडौँ महानगरपालिकालाई प्रशंसापत्रद्धारा सम्मान गरिएको थियो ।


ताजा खबर