नेकपा केन्द्रीय समिति विस्तार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय समिति विस्तार गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले साबिकको ४ सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ जना नयाँ सदस्य थपेर १ हजार १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय समिति विस्तार गरेको प्रधानमन्त्रीका प्रेस सल्लाकार सुर्य थापाले जानकारी दिनुभयो ।

भिडियो सौजन्यः नेपाल टेलिभिजन

ताजा खबर