आज थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ९ सय ६६ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् ।

यो सँगै हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तथ्याङ्क अनुसार ९६ दशमलव ३ प्रतिशत सक्रमित संक्रमणमुक्त भइसकेका छन् ।

आज ७ हजार पिसिआर परीक्षण गर्दा ४ सय १२ पुरुष र ३ सय १० महिलासहित ७ सय २२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै हालसम्म काठमाडौ जिल्लामा मात्रै कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ लाख नजिक पुगेको छ ।

आज थप ३ सय जना संक्रमित थपिएसँगै हालसम्म काठमाडौंमा मात्रै ९५ हजार २ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएकोे मन्त्रालयको तथ्याङ्क छ ।

जसमध्ये ९१ हजार ४ सय ९ जना संक्रमित निको भइसकेको छन् भने ४ सय ५४ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ ।

कोरोना संक्रमणका कारण आज ३ जनाको मृत्यु भएसँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ९८ पुगेको छ ।


ताजा खबर