नेपाल-भारत सचिवस्तरीय भर्चुअल बैठक आज पनि जारी

नेपाल र भारतका ऊर्जा सचिवस्तरीय भर्चुअल बैठक आज पनि हुँदैछ।

दुवै देशका सचिव स्तरीय जोइन्ट स्टेयरिङ कमिटीको आठौं बैठकमा अन्तरदेशीय प्रशारण लाइन, नेपाल भारत र बंगलादेशसँगको विद्युत व्यापार र भारतसँगको इनर्जी बैकिङ सम्बन्धी विषयमा प्राथमिकताका साथ छलफल भइरहेको उर्जा मन्त्रालयले जनाएको छ ।

नेपालले पछिल्ला वर्षहरुमा भारतलाई इनर्जी बैंकिङ सम्बन्धी अवधारणालाई पूर्ण रुपमा पालनाका लागि आग्रह गर्दै आएको छ। नेपाल र भारतबीच दुइ वर्षअघि इनर्जी बैंकिङ सम्बन्धी सम्झौता भएको थियो।

नेपालमा वर्षायाममा विद्युत उत्पादन बढी हुने हुँदा भारत निर्यात गर्ने र सुख्खायाममा उत्पादन घट्दा भारतबाट आयात गर्ने अवधारणा अनुसार इनर्जी बैंकिङका लागि दुई देशबीच सम्झौता भएको थियो। तर यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन ।


ताजा खबर