नेकपाले दुबै प्रस्तावमाथि एकसाथ छलफल बढाउने

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकले दुबै अध्यक्षका प्रस्ताव माथि औपचारिक र अनौपचारिक छलफललाई एकैसाथ अगाडि बढाउने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री एवं अध्यक्ष केपि शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले यस अगाडिका बैठकमा आ–आफ्नो तर्फबाट प्रस्तुत गर्नुभएका प्रस्तावहरूमाथि नेताहरूबीच औपचारिक र अनौपचारिक दुवै माध्यमबाट छलफल गरी निष्कर्षमा पुग्ने सहमति भएको नेपाल कम्युष्टि पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिनुभयो । 

प्रवक्ता श्रेष्ठले प्रस्तावहरू माथिको औपचारिक छलफल आजबाट सुरू भएको र नेताहरूले धारणा राख्ने क्रम बाँकी रहेको बताउनुभयो । 

प्रवक्ता श्रेष्ठले पार्टी एकताको रक्षा गर्दै देखापरेका समस्याको समाधान खोज्ने दिशामा छलफल अगाडि बढाउने प्रयास भईरहेको बताउनुभयो । 

सचिवालयको अर्को बैठक भोली दिउँसो १ बजे पुनः बस्ने छ ।


ताजा खबर