बन्दना राणा सिडको सदस्यमा पुनः निर्वाचित

महिला विरुद्ध हुने हिंसा उन्मुलनलागि कार्यरत समिति (सिड) मा नेपालका तर्फबाट बन्दना राणा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।

महिला विरुद्ध हुने सबै खाले हिंसा उन्मुलनसम्बन्धी सन्धिमा हस्ताक्षर गर्ने पक्ष राष्ट्रका प्रतिनिधिहरूको न्यूयोर्कमा भएको २१औं बैठकले राणालाई निर्वाचित गरेको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

सो निर्वाचनमा उहाँले १३७ मत प्राप्त गरी १९ जना उम्मेदवारबीच तेस्रो उच्च मत ल्याउने उम्मेदवार बन्नुभएको थियो । अहिले सो समितिको उपाध्यक्ष रहनु भएकी राणा समितिमा काम गर्ने पहिलो नेपाली हुनुहुन्छ । –रासस


ताजा खबर