‘मेरा बा म र उनि’

  • ज्वाला ढकाल

उनि प्रश्न गर्छन्

मेरा आखाहरु भरिन्छन्

गला अबरुद्ध हुन्छ

छिचोलेरै नसकिने

अत्यास लाग्दो

दिनै एकाएक निशा जस्तै यो

जल्दा जल्दै थाकेछ क्यारे

शायद प्रकाश पनि त्यो।।

====================

ति वृद्ध बाबु मेरा

गरेर कन्यादान

पठाउछन् मुटुको टुक्रा

दिन्छन तिमी लाई स्थान

शायद तिमी अनविज्ञ छौ

तिम्रा दृष्टिले भेटेनन्

अनि तिम्रो अन्तर्मनले समिक्षा गर्न चाहेन

त्यसैले तिमी बेला बेला सोध्ने गर्छौ

सांच्चै तिमी के लिएर आएकि थियौ ।।

====================

तिमी सुन्न चाहन्छौ

म भन्न चाहन्छु

बा ले तिमी लाई म होइन

स्वयंकै मुटुको केहि अंश

सपनाको किरण

आफ्नै बगैंचाको फक्रदै गरेको

सुन्दर पुष्प

तिम्रा हत्केलामा राखिदिएका हुन्।।

====================

सेताम्य शिर ढल्किदै गरेको उमेर

भरिएका आखा

दुखेको मन संगै

आफ्नै बाच्ने साहारा

बुढेसकालको लट्ठी

आफ्नो अमुल्य सम्पत्ति

अनि मेरि आमा को

दाहिने हात

तिम्रो हातमा राखि पठाएका हुन्।।

====================

जिबनको नयाँ गोरेटोमा

तिमी संगको भाग्य रेखा कोरिदिएर

काखै छुटायर

केबल स्मृतिहरु

जुन भित्ताका तस्वीरहरु मा सिमित छन्

तिनैको साहारामा

अनि मेरो रक्षार्थ तिमी छौ भन्ने विस्वासमा

बाचिरहेछन्।।

====================

अझै पनि त्यहि तोते स्वर

बाको कानमा गुञ्जिदो हो

म ताते ताते गर्दै गर्दाका

स्मृतिहरु मानसपटलमा नाच्दा हुन्

कापेका हातहरुले मेरै पाखुराहरु खोज्दाहुन्

धमिलो दृष्टिमा मेरै आकृति खोज्दा हुन् तर

शायद म पनि कुहिरोको घाम जस्तै भय

तैपनि मेरो रक्षार्थ तिमी छौ भन्ने विश्वासमा

वाचिरहेछन्।।

====================

म पनि तिनै स्मृतिहरु लिएर आएकि थिय

मेरा रहर अनि सपनाहरु तिमी पुरा गर्छौ

भन्ने विश्वास बोकेर आएकि थिए

बा जस्तै मेरो रक्षार्थ तिमी छौ

भन्ने आशा बोकेर आएकि थिए।।


ताजा खबर