भारतमा कोरोनाका कूल संक्रमित ८० लाख नाघ्यो

भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ८० लाख नाघेको छ ।

गएको २४ घण्टामा भारतमा ५० हजार नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा परवार कल्याण मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमितमध्ये ५७८ जनाको मृत्यु भएको छ ।

यो सहित भारतमा कोरोना संक्रमितमध्ये १ लाख १८ हजार ५३४ जनाको मृत्यु भएको छ । भारतमा अझै पनि ६ लाख ६८ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् भने ८० लाख ७८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।महाराष्ट्र राज्यमा कोरोना संक्रमणको सर्वाधिक असर परेको छ ।

यहाँ अझै १ लाख ४० हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका छन् । राज्यमा हालसम्म ४३ हजार १५२ जनाको ज्यान गइसकेको छ । कर्नाटक राज्यमा १० हजार ८७३ तथा केरलामा एक हजार ३०६ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले सोमबारसम्म देशभर १५ करोड २५ लाख नमुना परीक्षण गरेको जनाएको छ । –एएनआई


ताजा खबर