थप १,८,३३४ जनामा कोरोना पुष्टि : २,८४६ संक्रमण मुक्त

आज थप २ हजार ८ सय ४६ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

यो संगै नेपालमा हाल सम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको कूल संख्या १ लाख ८ हजार ३ सय ३४ पुगेको र संक्रमण मुक्त हुने दर ६९ दशमलव ७८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभरका विभिन्न अस्पताल, संस्थागत आइसोलेसन सेन्टर तथा होम आइसोलेनसमा गरी जम्मा ४६ हजार ५७ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी कोरोना भाइरसबाट आज काठमाडौं उपत्यकाका १ हजार १ सय १० जना सहित थप २ हजार २ सय २५ जना संक्रमित भएका छन् ।

आज काठमाडौमा ८ सय ३२, ललितपुरमा १ सय ७६ तथा भक्तपुरमा १ सय २ जना संक्रमित थपिएका छन् ।

नेपालमा हाल सम्म १३ लाख ८० हजार ८ सय ६२ वटा नमूना परीक्षण गर्दा जम्मा १ लाख ५५ हजार २ सय ३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना भाइरसबाट आज थप १३ जनाको मृत्यु भएको छ ।

नेपालमा हाल सम्म ८ सय ४२ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ताजा खबर