सिंगापुर सरकारले बच्चा जन्माउन प्रोत्साहन पुरस्कार दिने

विश्व नै कोरोना भाइरसका कारण प्रभावित बनेको छ । सबैको जीवन अस्तव्यस्त बनेको छ । कतिपयले यस्तो समयमा बाबुआमा बन्ने योजना पनि स्थगित गरेका छन् ।

यसैबीच सिंगापुर सरकारले आफ्ना नागरिकलाई बच्चा जन्माउन प्रोत्साहन गर्नका लागि सरकारले प्रोत्साहन रकम पुरस्कार स्वरुप दिने भएको छ । सिंगापुर सरकारले इच्छुक अभिभावकले बच्चा जन्माउन चाहेमा प्रोत्साहन राशि दिने घोषणा गरेको हो ।

आर्थिक मन्दी तथा भाइरसका कारण बच्चा जन्माउने योजना स्थगित गर्ने आफ्ना नागरिकलाई योजना स्थगित नगर्न सरकारले प्रोत्साहन भत्ता दिने भएको हो ।

सिंगापुरका उपप्रधानमन्त्री हेंग स्वी किटले प्रसवका लागि प्रोत्साहन गर्न यस्तो योजना जारी गरेको बताएका छन् । हालसम्म बोनस रकमको राशि भने तय गरिएको छैन ।

सिंगापुरमा हालसम्म ५७ हजार भन्दा बढी कोराना संक्रमित छन् भने यसबाट २७ जनाको मृत्यु भएको छ ।


ताजा खबर