राष्ट्रपतिले आज रानीपोखरीको उद्घाटन गर्नुहुने

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित रानीपोखरीको आज उदघाट्न गर्नुहुने भएको छ । २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको काठमाडौंको मध्य भागमा रहेको ऐतिहासिक रानीपोखरीको अपरान्ह १२ बजे राष्ट्रपति भण्डारीबाट उद्घाटन हुने भएको हो ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरणले पुनर्निमाण गराएको रानीपोखरीको उद्घाटन भएसँगै यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको समेत दर्शन गर्न पाउने भएका छन् ।


ताजा खबर