कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक शेयरहरू बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख १ हजार कित्ता संथापक शेयर ब्रिक्री गर्न लागेको हो ।

संस्थापक शेयर बिक्री गर्दा बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल अथवा कुमारी बैंकको रजिष्टर्ड कार्यालयमा आइपुग्ने गरि निवेदन दिन बैंकले आग्रह गरेको छ ।


ताजा खबर