चन्दननाथ मन्दिरको दाहिने शंख भेटियो

जुम्लाको चन्दननाथ मन्दिरबाट पाँच वर्षपहिले चोरी भएका मुर्तिमध्ये दाहिने शंख भेटिएको छ ।

बुधबार बिहान चन्दननाथ नगरपालिका १० बोहोरा गाउँस्थित खोलापाने भन्ने ठाउँमा शंख भेटिएको हो । सोमबार दुई मुर्तिसहित पक्राउ परेका तीन जनाको बयानका आधारमा बुधबार दाहिने शंश भेटिएको डिएसपी माधव काफ्लले बताउनुभयो ।

२०७३ साल मंसिर ११ गते राति मन्दिरबाट चोरी भएका दर्जनौ पुरातात्तित्वक महोत्वका मुर्ति मध्य हाल सम्म विभिन्न चरणमा गरी २१ वटा मुर्ति भेटिएको प्रहरीको तथ्यांक छ ।

गएको सोमबार विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र जुम्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले चन्दननाथ १० बोहोरा गाउँ स्थित शुसिल विष्टको खेतको आलीमा सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अवस्थामा भेटिएको दुई मुर्ति भेटिएका थिए । –रासस


ताजा खबर