चट्ट देखिन जुम्बा डान्स : डान्सर भन्छन् ‘फिटनेस सेन्टरभन्दा राम्रो लाग्यो’

बुटवल — शारीरिक रूपमा तन्दुरुस्त हुन सबैलाई मन पर्छ । उमेर बढदै जाँदा सहरियाहरूमा मोटाउने र भुँडी बढ्ने समस्या छ । फुर्तिलो देखिन धेरैले खाना कटौती गर्ने गर्छन् । कोही बिहान हिँड्छन्, खेल्छन् । पछिल्लो पटक सहरमा यस्ता समस्याले पिरोलिएका व्यक्तिका लागि नयाँ उपाय आएको छः जुम्बा डान्स ।

बुटवलका युवायुवती यही उपायतिर आकर्षित भइरहेका छन् ।‘फिटनेस सेन्टरभन्दा यो राम्रो लाग्यो,’ मनीषा श्रेष्ठले सुनाइन्, ‘नाच्न’नि पाइने, स्वस्थ’नि भइने † खानामा कटौती गर्न नपर्ने । गज्जब रहेछ ।’

बुटवल बहुमुखी क्याम्पसमा स्नातकोत्तर पढिरहेकी मनीषाले स्लिम र आकर्षक देखिन जुम्बा गरिरहेको बताइन् । सहरको केन्द्र ट्राफिकचोकमा अहिले जुम्बा डान्सको केन्द्र खुलेको छ ।

जुम्बा डान्समा गीत अनुसारका क्रियाकलाप हुन्छन् । अंग्रेजी, स्पेनी आदि गीत बजेसँगै हात फैलाउने, गोडा उचाल्ने, कमर मर्काउने र मुन्टो निहुर्‍याउने गर्नुपर्छ । अनि नाच्नुपर्छ । फास्ट बिटको गीत बजे त्यसै अनुरूप आफ्नो गति बढाउनुपर्छ । यतिन्जेल एक घण्टा बितिसकेको हुन्छ । प्रशिक्षार्थीहरू पसिनाले भिजिसकेका हुन्छन् ।

‘गह्रौँ व्यायाम गर्दा शरीरलाई हानिहोला र खाना घटाउँदा कमजोरीले छोप्लाभनी सोच्ने हामीजस्तालाई जुम्बाडान्स ठिक रहेछ,’ कालिकानगरकी निरु बज्राचार्यले भनिन् ।

विश्व शारीरिक सुगठन प्रतियोगितामापदक विजेता ननिता महर्जनका अनुसार, जुम्बा डान्स महिलाका लागि ‘सफ्ट एक्सरसाइज’ हो । त्यसैले पुरुषकोतुलनामा यसमा महिलाको संख्या धेरै हुन्छ । ‘स्लिम बन्न चाहनेका लागि र जिम जान झन्झट मान्नेका लागि यो उपयुक्त छ,’उनले भनिन् ।

रासस

 


ताजा खबर