टिचिङमा दोश्रो कलेजो प्रत्यारोपण

त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल ( टिचिङ हस्पिटल) मा शुक्रबार दोश्रो पटक सफल कलेजो प्रत्यारोपण भएको छ । टिचिङ हस्पिटलमा पहिलो पटक एक महिना अगाडि कलेजो प्रत्यारोपण गरिएको थियो । अंगप्रत्यारोपण सर्जन डा। रमेश भण्डारी नेतृत्वको टोलीले चिकित्सा विज्ञानमा अत्यन्तै जटिल मानिएको कलेजो प्रत्यारोपण गरेको हो । डा। भण्डारीको टोलीलाई भारतको नयाँ दिल्लीस्थित फोर्टिस हस्पिटलका वरिष्ठ सर्जन विवेक बिजले सहयोग गरेका थिए । प्रत्यारोपण गरिएको व्यक्ति उमेर ४४ पुरुष रहेको डा। भण्डारीले जानकारी दिए । बर्ष रहेको पहिलो पटक गरिएको कलेजो प्रत्यारोपणमा एपोलो हस्पिटलका विशेषज्ञहरुले सघाएका थिए । नेपालमा पहिलो पटक शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई वर्ष पहिले कलेजो प्रत्यारोपण भएको हो । केन्द्र र त्रिवि शिक्षण अस्पताल गरि नेपालमा दुई अस्पतालमा मात्र कलेजो प्रत्यारोपण सेवा छ ।


ताजा खबर