हरिवन, सर्लाहीको नमुना नगरपालिका बन्दै : जनताको काम छिटो छरितो बनाउन अनलाईन प्रविधी अपनाइएको मेयर प्रसाँइको भनाई

गणेश प्रसाँई –मेयर, हरिवन नगरपालिका

मुस्कान सहितको सेवा : सर्लाही , हरिवन नगरपालिकाले नारा हो यो । जनतालाई सेवा दिँदा झर्कोफर्को गरेर होईन हाँसीहाँसी मिठो बोल्नु पर्छ हरिवन नगरपालिकाका एघार वटै वडाका जनप्रतिनिधी र कर्मचारीले । उसो त हरिवन नगरपालिकाले केही समययता सबै वडामा अनलाईन प्रविधीबाट काम सुरु गरेको छ । सिफारिस दिने , राजश्व तिर्ने काम अनलाईन प्रविधीबाटै हुन्छ । जनताको काम छिटो छरितो बनाउन अनलाई प्रविधी अपनाइएको बताए मेयर गणेश प्रशाईँले । अनलाईन प्रविधीकै सहयोगमा विकास निर्माणलाई पनि तिब्र बनाएका छन् मेयर प्रशाईँले ।  हरिवन नगरपालिकामा २५ हजार घरधुरी छन् भने ५० हजार चानचुन यहाँको जनसख्ँया रहेको छ । ११ वडा मध्ये काग्रेंसले ७ नम्बर वडामा कब्जा जमायो भने मेयर उपमेयर सहित अरु सबै वडामा तत्कालिन एमालेले रातो झण्डा फहरायो । विगत देखी नै एमालेको लालिकिल्लाको रुपमा रहेको हरिवन सर्लाहीको ३ नम्बर क्षेत्रमा पर्छ । यही क्षेत्रबाट विगतमा रिजमान अनसारी र झलनाथ खनालले जितेका थिए ।

२०३० सालमा रामेछापमा जन्मिएका प्रशाईँको परिवार २०४१ सालमा हरिवनमा वसाँईँ सर्यो । ८ कक्षा सम्म रामेछापमा पढेका उनले हरिवनबाट एसएलसी पास गरे अनि विरगञ्जको हरि खेतान क्याम्पसबाट आईएल र काठमाण्डौको नेपाल ल क्याम्पसबाट विएल गरे । विरगञ्जमा पढ्दै गर्दा तत्कालिन नेकपा एमाले निकट अनेरास्वयवियुबाट राजनीति सुरु गरेका प्रशाईँ २०५५ सालमा एमालेको सर्लाही जिल्ला कमिटी सदस्य भए । पटक पटक पार्टीको जिल्ला सचिवालयमा बसेर काम गरेका उनि सर्लाही काठमाण्डौ सम्पर्क मञ्चको अध्यक्ष समेत भए । पछिल्लो पटक जिल्ला पार्टिकै सिफारिसमा हरिवन नगरपालिकाको मेयरको टिकट पाएका उनले भारि मत ल्याएर जितेका थिए ।

नगरको विकास निर्माण कसरी गरिरहनु भएको छ ?

मैले सबै भन्दा बढि महत्व सडका विस्तार र खानेपानीलाई दिएको छु । हरिवनमा खानेपानीको चरम अभाव थियो । खानेपानीका लागि एक घण्टा हिँडेर ईनारमा आउनु पर्ने वाध्यता थियो नगरका कतिपय गाउँका वासिन्दाहरुले । भएका ट्युवेल र कलहरुमा पनि प्रशस्त पानि आउँदैन थियो । त्यसैले मैले खाने पानीको प्रवन्ध मिलाएँ । अहिले प्रत्येका गाउँमा प्रशस्त मात्रामा ट्यूवेल , कल र ईनारहरु बनाएका छौँ । अहिले खानेपानीको समस्या छैन । खानेपानीलाई अझै ब्यवस्थित बनाउने सोचाई छ ।
सडकको कुरा गर्नु हुन्छ भने राजमार्गले छोएका नगरका सडकहरु बर्षायाममा हिलाम्मे हुँदा हिँड्नै गार्हो हुन्थ्यो । अहिले राजमार्गले छोएका सबै भित्रि सडकहरु कालेपत्रे गर्यौँ । कतिपय ग्रामिण सडकहरुलाई ब्यवस्थित बनाउनुका साथै कतिपय त कालेपत्रे पनि गरेका छौँ । सडक नपुगेका सबै गाउँहरुमा सडक पुर्याएको छु ।

विजुलीको व्यवस्था चाहीँ कस्तो छ ?

नगरपालिकाको वडा नम्बर एकको विलन्दि र केरावारी अनि दुई नम्बर वडाको विसौनी डाँडा वत्ती नहुँदा अन्धकार थियो । म मेयर हुनसाथ बसेको नगर कार्यापालिकाको पहिलो बैठकबाटै त्याहाँ विधुत पुर्याउने निर्णय गराएँ र त्यस गाउँहरुमा बत्ती पुर्याएँ । अरु वडाहरुमा खासै विजुलीको समस्या थिएन ।

शिक्षा क्षेत्रमा के के गर्नु भयो नि ?

हेर्नुस् हरिवनमा सवै भन्दा ठुलो चुनौतीको रुपमा शिक्षा थियो । मुसलमान समुदायले पढ्ने स्कूल नहुँदा ति समुदायका केटाकेटी स्कूल जानबाट बञ्चित थिए । मुसमान समुदायको बढि जनघनत्व रहेको नगरको ११ नम्बर वडामा मदरसा शिक्षा नामक शैक्षिक सँस्था स्थापना गरेँ । अहिले मुसलमान समुदायका सबै केटाकेटी त्याहाँ पढ्छन् । नगरका कतिपयले गरिवीलाई कारण देखाउँदै आफ्ना छोराछोरी विद्यालय पठाईरहेका थिएनन् । गरिवी त वाहाना मात्रै थियो खासमा अभिभावकहरुमा शिक्षाप्रति सचेतना नहुँदा केटाकेटी विद्यालय पठाईरहेका थिएनन् । त्यस्ता विद्यार्थीहरुको भर्ना अभियान सञ्चालन गर्यौँ । प्रधानमन्त्री स्कूल भर्ना अभियान अन्तर्गत धेरै विद्यार्थीलाई स्कूल भर्ना गर्यौँ । वडा नम्बर दुईमा आदीवासी जनजाती लक्षित विद्यालय खोल्यौँ , जाहाँ तामगं समुदायका धेरै वालवालिका पढिरहेका छन् । ८ नम्बर वडाको माहादेव जनता माविलाई नमुना विद्यालय बनायौँ , यो विद्यालयलाई राष्ट्यि अन्तराष्ट्यि रुपमा भिन्दै बजेट आईरहेको छ । वडा नम्बर दशमा पर्ने चतुरभुजेश्वर जनता बहुमुखी क्याम्पसमा पढ्न आउने टाढाटाढाका विद्यार्थीको लागि वसको व्यवस्था मिलाएका छौँ । नगरपालिका रहेका ३२ ओटा सामुदायिक विद्यालयमा कम्प्युटरको पनि पढाई सुरु गरिएको छ भने सवै विद्यालयहरुमा ल्यावको समेत व्यवस्था गरेका छौँ । विद्यालय र स्वास्थ्य सँस्थाहरुमा विद्युतिय हाजिरीको व्यस्था गरिएको छ ।

स्वस्थ्य क्षेत्रमा के के गरिरहनु भएको छ ?

नगरभित्रका कुष्ठ र क्षय रोगिको सख्याँ यकिन गरेर नगरपालिकाले त्यस्ता रोगिहरुलाई निशुल्क औषधोपचारको व्यवस्था गरेको छ । सरकारले सुरु गरेको स्वस्थ्य विमा कार्याक्रम पनि सुरु गरेका छौँ । भएका स्वास्थ्य सँस्थाहरुको स्तरवृदी गरेका छौँ । गर्भवती महिला केन्द्रित चेतनामुलक कार्याक्रमहरु पनि चलाईरहेका छौँ । सरकारी स्वस्थ्य सँस्थामा गर्भ जाँच गर्न आउनेलाई चना , अण्डा र हर्लिक्सको व्यवस्था गरेका छौँ । सरकारी सँस्थामा डेलिभरी गराउने सुत्केरीलाई ३० केजी चामल , फलफूलको विरुवा , पौष्टिक आहार र दाउरा बालेर खाना बनाउँदा निस्कने धुँवाले सुुुत्केरीलाई असर पर्ने भएकाले गरिव परिवारलाई ग्याँस र चुल्होको व्यवस्था गरेको छ नगरपालिकाले ।

नेपाल कृषी प्रदान देश हो । तराई मधेश त झन कृषीमै निर्भर छ । हरिवनका अधिकासंले कृषी गर्छन । कृषी क्षेत्रमा चाहीँ अहिले सम्म के के गर्नु भयो ?

नगरपालिकाले व्यवसायिक टनेल खेती गर्नेलाई एक लाख रुपैयाँ सम्म आर्थिक अनुदान दिईएको छ । गाई वाख्रा पाल्नेहरुलाई पौष्टिक आहारसँगै घाँसको विरुवा वितरण र एग्रो फर्मबाट नियमित चेकजाँच र औषधोपचार अनि विमाको समेत व्यवस्था गरेका छौँ । माछा पालन गर्नेहरुलाई पोखरी निर्माणनै नगरपालिकाले गरिदिन्छन् , निशुल्क रुपमा । सिँचाईको लागि सौर्य उर्जा अन्तर्गत एघार वटै वडामा ९३ ओटा डिप वोरिगं निर्माणका लागी डिपीआर तयार गरिएको छ । नगरपालिकाको उत्री क्षेत्रमा फलफुल बढि हुने भएकाले त्याहाँ नगरपालिका आफैले जुस फ्याक्ट्रि खोल्ने तयारी गरेको छ । हरिवनमा बढि टमाटर फल्ने भएकाले नगरपालिकाकै लगानीमा सस फ्याक्ट्रि पनि खोल्दै छ । हामी किसानको टमाटर किनेर सस उत्पादन गरि हरिवनलाई नै चिनाउने गरी काठमाण्डौ र चीनमा समेत निर्यात गर्ने योजनामा छौँ ।

बेरोजगारी समस्या समाधानको लागि के के पहल गरिरहनु भएको छ ?

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हामीले नगरका बेरोजगारहरुका लागि आवेदन खुल्ला गरेका छौँ । यस अघि पनि नगरपालिकाले वेरोजगारहरुलाई दालमोठ बनाउने , पापड बनाउने , गुडिया बनाउने , अचार बनाउने तालिमहरुको ब्यवस्था गर्यौँ । महिलाहरुलाई लक्षित गरेर शिलाई बुनाइ तालिम पनि सञ्चालन गरिरहेका छौँ । लोक सेवा तयारी कक्षा सञ्चालन गरिरहेका छौँ । कम्प्युटर तालिम र मोवाईल बनाउन सिकाउने तालिम पनि हामीले चलाएका छौँ । बेरोजगारहरुलाई लक्षित गरेर विभिन्न शिपमुलक तालिमहरु निरन्तर सञ्चालन गर्ने योजना नगरपालिकाको छ ।

अव प्रसगं बदलौँ । तपाँई पाँच बर्ष अमेरिका बस्नु भयो । अमेरिकाको ग्रिनकार्ड पनि पाउनु भयो । उतै नबसेर किन फर्किएको ?

हेर्नुस् म २०४४ सालबाट कम्युनिष्ट राजनीतिमा लागेँ । २०६४ सालसम्म आईपुग्दा राजनीति गर्दागर्दा करिव ३० लाख रुपैयाँ ऋण लागेछ । पार्टीले केही देला भन्ने पनि थिएन । त्यो ऋण तिर्न पनि म अमेरिका गएको हुँ । अमेरिका जाने वेला हरिवनवासी भेला गरेर लौ है म ऋण तिर्न अमेरिका लागेँँ भनेर पुनः फर्किर राजनीति गर्ने प्रण गरेर गएको थिएँ । पाँच बर्ष त्याहाँ बसेँ , ग्रिन कार्ड पनि पाएँ । त्याहाँ कमाएको पैसाले सबै ऋण तिरेँ । मलाई राजनीतिको रस लागेको थियो । अमेरिका बस्न मनै लागेन । त्यसैले फर्किएर पुनः राजनीतिमा सक्रिय भएँ । पार्टीले मेयरको टिकट दियो , जनताले जिताए । अव हरिवनलाई देशकै नमुना नगरपालिका बनाउने मेरो लक्ष्य छ ।


ताजा खबर