भारतको अनौठौ मन्दिर जहाँ प्रसादमा सुनचाँदी बाडिन्छ

भारतमा यस्तो अनौठौ मन्दिर छ जहाँ भक्तजनलाई प्रसादका रुपमा सुनचाँदी बाढने गरिन्छ । मन्दिरमा हरेक मानिस आफ्नो शुखको लागि जाने गर्दछन् । त्यस्तै यो मन्दिरमाअनौठो चलन रहेको छ ।

पुजा गर्ने भएका भक्तजनलाई प्रसादको स्वरुप सुन चाँदी दिने गरिन्छ । यो मन्दिरमा सुन चाँदी प्रसादको रुपमा दिन थालेपछि पुजा गर्ने मानिसको भिड लागेको बताइएको छ ।

अनौठो मन्दिर भारतको मध्यप्रदेशस्थित रतलाममा रहेको छ । महालक्ष्मीको मन्दिर चिनिने यस ठाँउमा हरेक दिन पुजा गर्ने मानिसको ओइरो लागेको हुन्छ । मन्दिरमा बर्षको केहि दिन कुबेरको दरबार लाग्ने गर्छ ।

त्यहि दिनमै भक्तजनलाई सुनचाँदी र नगद दिने चलन रहेको छ । बर्षभरी आउने भक्तजनले मन्दिरमा सुनचाँदी तथा भेटी चढाएका हुन्छन् ।

त्यस्तै विभिन्न पर्वमा पनि उक्त मन्दिरमा गरगहना चढाउने गर्छन् अन्य दिनहरुमा भक्तजनहरुले चढाएका सुनचाँदी र धनमध्येको केही भाग कुबेर दरबारको पर्व लागेको बेला भक्तजनलाई प्रसादको रुपमा प्रदान गर्ने गरिन्छ ।


ताजा खबर