भीडभाडमा कोरोना संक्रमणको जोखीम अनुसन्धानका लागि जर्मन वैज्ञानिकहरुको अनौठो प्रयोग

भीडभाड भएको स्थानमा कोरोना भाइरसको संक्रमणको जोखीम के -कसरी बढ्छ भन्ने सम्बन्धमा अनुसन्धान गर्न जर्मनीका वैज्ञानीकहरुले दर्शकको घुइचो लाग्ने गरी तीनवटा साँगितिक कन्सर्ट आयोजना गरेका छन् ।

उक्तकन्सर्टहरुमा १८ देखि ५० वर्ष सम्मका १५ सय स्वस्थ स्वयमंसेवकहरुले भाग लिएको, बिबिसीले जनाएको छ ।

जर्मनीको हेल विश्वविद्यालयले गरेको उक्त प्रयोगका अनुसन्धान प्रमुख डा. स्टिफन मोटिजले आफूहरु अनुसन्धानबाट सन्तुष्ट भएको र आगामी दिनमा सामाजिक दुरी सम्बन्धी नयाँ वैज्ञानिक प्रावधानहरु तयार गर्न उक्त प्रयोगले मद्धत गर्ने विश्वास ब्यक्त गर्नु भयो । -रोयटर्स


ताजा खबर