सावधान! मोबाइलको लतले बच्चामा हुनसक्छ ‘गेमिङ डिसअर्डर’

अचेल अधिकांश बच्चाहरुमा मोबाइलमा झुण्डिने लत हुन्छ । यतिसम्म कि रुँदा, कराउँदा, खाना ख्वाउँदा लगायत अनेक अवस्थामा बच्चाहरुलाई मोबाइल दिनुपर्छ ।

यसरी मोबाइलमा भिडियो हेर्ने, गेम खेल्ने बालबालिकामा मानसिक रोग अर्थात गेमिङ डिसअर्डरको समस्या हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

पछिल्लो पुस्ताका बालबालिका मोबाइल चलाउने लतका कारण गेमिङ डिसअर्डरको सिकार हुदै गएका छन् । मोबाइल चलाउने तथा मोबाइल गेम खेल्ने बच्चाहरू मोबाइलमै झुण्डिरहे हुने गेमिङ डिसअर्डरलाई विश्व स्वास्थ्य संगठनले मानसिक रोगको श्रेणीमा राखेको छ ।

गेमिङ डिसअर्डर हुँदा बच्चाहरूमा निन्द्रा नलाग्ने, खानपानमा अरुची हुने, परीवारको सदस्य वा समाजमा घुलमिल हुन सक्दैनन् । अझ गेमिङ डिसअर्डरको बिरामी भएपछि ति बच्चाहरु बिस्तारै बालबालिकामा रिसाउने, झर्किने तथा झगडा गर्ने बानी देखापर्छ । बच्चाहरुमा उदासपना बढी देखिन्छ ।

बालरोगका चिकित्सकका अनुसार गेमिङ डिसअर्डर हुने बच्चामा कालान्तरमा नकारात्मक असर पर्ने गर्दछ । बच्चा फकाउने नाममा मोबाइल दिने र त्यसको लत बसाउन अभिभावक नै प्रश्रय दिइरहेका हुन्छ । यो गलत हो ।

यस्ता समस्या भए सकेसम्म मोबाइलको लत छुटाउनु पर्दछ । मोबाइल मात्र होइन कम्प्युटर र टिभीबाट समेत उनीहरुलाई बञ्चित गर्नुपर्छ । अन्यथा उज्यालो स्क्रिन धेरै हेर्दा आँखाको ज्योति गुम्ने तथा टाउकोको समस्या हुने गर्दछ । लगातार मोबाइल हेर्नेहरुमा विस्तारै अन्धोपन समेत हुनसक्छ ।


ताजा खबर