थ्रिडि मिश्रण सहित कन्काईष्टको ‘यो दिल चोरेर’ सार्वजनिक

गायक तथा संगीतकार कन्काईष्ट राईको स्वरमा स्वरवद्ध ‘यो दिल चोरेर’ बोलको गीत सार्वजनिक भएको छ ।

नेपालमा पहिलापटक थ्रिडि प्रविधिबाट ध्वनी मिश्रण गरिएको र भर्जिन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा अर्जुन पौडेलको शब्द मीन बिष्टको संगीत र कुमार थापा मगरको एरेन्जमेन्ट रहेको छ ।

गीतको लिरिकल भिडियोलाइ थ्रिडि नेपाली म्युजिक ल्याबको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको छ ।  भिडियोको परिकल्पना विष्ट स्वयंमले गरेका हुन् । नेपाली गीत संगीतमा थ्रिडि ध्वनी मिश्रण प्रयोग भएको यो नै पहिलो भएको दाबी मीन बिष्टले गरेका छन् । थ्रिडि प्रविधिको ध्वनी मिश्रण गरिएको गीतलाइ एयरफोनमा सुन्दा निक्कै आनन्द आउने पनि बिष्टले बताएका छन ।

दुई दशकभन्दा अघिदेखी सांगीतिक क्षेत्रमा सकृय रहेका गाएक तथा संगीतकार कन्काइष्ट राईले यसअघि तिम्ले माया लाउदा ,मुटुभित्र देउन मलाइ बास , अरुकै सिन्दुरले सजिए पनि , काठमाडौको मायैँ महंगो लगायत थुप्रै चर्चित गीतहरु बजारमा ल्याएर श्रोताहरुको मन जितिसकेका छन ।

काठमाडौंको नक्सालमा भर्जिन रेकर्डिङ स्टुडियो सञ्चालन गरिरहेका राईले यस गीतको भिडियो छिटै निर्माण गरिने र पहिले जस्तै श्रोता तथा दर्शकरुको मन जित्ने बिश्वास लिएका छन्।

भिडियो हेर्नुस:


ताजा खबर